कर्णालीमा आजदेखि युवा सम्मेलन

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार ०७:११

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तेस्रो युवा सम्मेलन हुने भएको छ । नेपाल युवा परिषद र समाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो ।

उक्त सम्मेलन बिहिबार देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।, ‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मूल नाराका’ साथ कर्णालीमा सम्मेलनमा हुन् लागेको आयाेजकको भनाइ छ ।

सम्मेलनमा साँस्कृतिक साँझ, प्रदेशको प्रादेशिक कार्ययोजना र विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यानल छलफल हुने नेपाल युवा परिषदका राष्ट्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।

सम्मेलनका सहभागी भएका २ सय ५ जना युवाहरुले आफ्नो कला –सँस्कृति झल्कने पोषाक, स्थानीय स्तरमा पाईने रैथाने तथा जात जातिय खानाका परिकार र रैथाने बिउबिजन सहित सहभागिता रहने अध्यक्ष बानियाँले बताए । युवाहरुलाई विभिन्न तहबाट नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यले कार्यक्रको आयोजना गरेको उनको भनाई छ ।

७ प्रदेश र ७७ जिल्लामा स्थापित भएको संस्थाले सम्मेलनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, पञ्चपुरी नगरपालिकाका प्रमुख, बराहताल गाउँपालिकाका प्रमुखको सहभागीता रहने कर्णाली प्रदेशका सयोजक रमेश कठायतले जानकारी दिए ।

यस्तै सम्मेलनमा रााष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशी, रैथाने संरक्षण अभियान्ता तिलक ढकाल र नेपाल पर्यटन वोर्ड पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल, होमस्टे महासंघका महासचिव कृष्ण चौधरी लगायतका सहभागी रहनेछ ।

उक्त चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णालीका २ सय पाँच जना युवाहरुको उपस्थिति रहने आयोजकले बताए ।

Next Post

उद्योग व्यवसायीको समस्या सम्बोधन गर्न पहल गर्छु : प्रदेश प्रमुख मियाँ

२२ चैत्र २०८०, बिहीबार ०७:११
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ कैलालीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश प्रमुख मियाँले सबै व्यापारीहरूको समस्या बुझ्दै समस्या समाधान गर्ने बताएका हुन् । ‘उद्योगी व्यवसायीहरूलाई सहजता हुनुपर्छ’, प्रदेश प्रमुख मियाँले भने, ‘अहिले […]