कालिकोटमा टाउको दुखेको बिरामीलाई आइरन चक्की

कर्णालीदृष्टि संवाददाता २१ जेष्ठ २०८२, मंगलवार २२:०४

कालिकोट ।‎ ‎खाँडाचक्र नगरपालिका ३ ताडिमा टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएको भन्दै खाँडाचक्र नगरपालिका(३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । ‎ ‎एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयले स्वास्थ्य केन्द्रको गम्भीर लापरबाही रहेको बताएका छन् ।

उक्त स्वास्थ्य केन्द्रमा करिब दुई हप्तादेखि कर्मचारी नरहेको स्थानीयको भनाइ छ । ‎ ‎‘गाउँका स्वास्थ्य केन्द्रमा नागरिकमाथि यस्तो खेलबाड हुनु निकै लापरबाही हो, पावर र पहुँच देखाउँदै वडाका बिरामी नागरिकलाई थर्काउने, धम्काउने जस्ता कर्मचारीबाट भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय समयमा नआउने, सरकारले निस्शुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध हुँदैन ।’

‎साथै बिरामी नागरिकलाई दुख दिनु राम्रो विषय नभएको र खोकी लागेको, टाउको दुखेको बिरामीलाई औषधी लिन जाँदा आइरन चक्की वितरण गरिएको स्थानीय खगेन्द्र पाण्डेले बताए । ‎ ‎उक्त आइरन चक्की स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीले वितरण गरेको उनको भनाइ छ । स्थानीयहरूले स्वास्थ्य केन्द्रका कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।

Next Post

कालीकोटमा प्रहरीद्वारा कानुनी चेतना अभिवृद्धि अभियान सञ्चालन

२१ जेष्ठ २०८२, मंगलवार २२:०४
कालीकोट । प्रहरी मेरो साथी भन्ने नेपाल प्रहरीको नारालाई ग्रामिण क्षेत्रमा पुगाउन सुरु गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालीकोटका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीले नागरिकलाई कानुनका विषयमा जानकारी गर्ने अभियान थालेका छन् । नेपालको संविधानमा भएका व्यवस्थादेखि मुलुकी संहिता २०७४, देवानी संहिता र विभिन्न कानुनी कुरा नागरिकलाई […]