शैक्षिक सुधारका लागि जुम्लाका २२ विद्यालय छनोट

कर्णालीदृष्टी संवाददाता १५ फाल्गुन २०७८, आईतवार १८:२७

जुम्ला । जुम्ला जिल्लाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन् । एक नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तह रहेको जुम्लामा भौतिक संरचना जीर्ण बन्दै गएका र प्रत्येक वर्ष शैक्षिक अवस्था खस्कँदै गएका बेला शैक्षिक सुधारको लागि २२ विद्यालय छनोटमा परेका हुन् ।

चालु आर्थिक वर्षमा सिफारिस गरिएका जुम्लाका १ सय ६९ मध्ये २२ वटा छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर बहादुर भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार दुई कोठे भवन निर्माणका लागि ७ ,चार कोठेका लागि ६ र आईसीटी ७ ल्याव ब्यवस्थापनमा १ विद्यालय छनौटमा परेको छ ।

राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा भवन निर्माण तथा आईसिटी ल्याब संचालनका लागि बजेट परेपछि जीर्ण बन्दै गएका विद्यालयमा नयाँ भौतिक संरचना बन्ने मात्र नभइ ल्याबको अभावमा प्रभावित बन्दै गएका विद्यालयमा पठनपाठनमा सहजता हुने बताईएको छ ।

Next Post

काठ नपाउँदा मुगूको मुर्मा सामुदायिक नमुना होमस्टे अलपत्र

१५ फाल्गुन २०७८, आईतवार १८:२७
मूगू । स्वरोजगार हुने उद्देश्यले मुगूको एक समुदायका सबै घरधुरी लाई समुदायिक् होमस्टेमा रुपान्तरण गरिएको छ । तर स्थानीय सामुदायिक वनबाट आवश्यकताअनुसार काठ उपलब्ध नहुँदा स्थानीयहरु समस्यामा परेको बताएका छन् । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य राराताल र मुर्मा टप चिनिन्छ । पर्यटकीय क्षेत्रबाट यो मुर्मा गाउँ नजिकै भएकाले पर्यटकलाई […]