स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक

कर्णालीदृष्टी संवाददाता ११ बैशाख २०७९, आईतवार १६:२५

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार ःसमुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो ।

आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गर्नुभयो ।

घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा कांग्रेसले निभाएको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला कांग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।

८८ पेजको घोषणा पत्रमार्फत् कांग्रेसले समुन्नत नेपालको प्रष्ट मार्गचित्र प्रस्तुत गरेको कांग्रेस महामन्त्री गगन थापाले बताउनुभयो ।

Next Post

स्थानीय तह निर्वाचन सुरु

११ बैशाख २०७९, आईतवार १६:२५
काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । संविधानमा पहिलेका गाउँ विकास समिति र जिल्ला विकास समितिभन्दा पनि अधिकारसम्पन्न भएका स्थानीय तहको गठन भएपछि २०७४ मा पहिलोपटक निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पनि अनौपचारिक रूपमा आइतबार सकिएको छ […]