दैलेख । समाजवादी प्रेस संगठन नेपाल दैलेखको अध्यक्षमा भिमबहादूर सिजापति चयन हुनुभएको छ ।
बुधबार सदरमुकाम दैलेखमा सम्पन्न भएको संगठनको प्रथम जिल्ला भेलाबाट हाम्रो तेश्रो आँखा दैनीकका कार्यकारी सम्पादक सिजापतिलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
यस्तै भेलाबाट उपाध्यक्षमा कृष्ण दैलेखी र कमला विक लाई चयन गरिएको छ भने सचिवमा पृथ वयलकोटी, कोषाध्यक्षमा सुरेन्द्र शाही, सहसचिवमा दान खत्री र टोपेन्द्र सुनार सर्वसम्मत चयन भएका छन ।
यस्तै संगठनको सदस्यहरुमा भैरव हमाल, पवन मल्ल, हिक्मत थापा र संकल्प केसी चयन भएका छन ।
नेकपा (एकिकृत समाजवादी) दैलेखका अध्यक्ष वरुनाथ योगीको प्रमुख आतिथ्यतामा भएको भेलामा समाजवादी प्रेस संगठन कर्णाली प्रदेश कमिटिका अध्यक्ष यज्ञराज थापा, केन्द्रिय सदस्य अमर सुनार लगाएतको उपस्थिति रहेको थियो ।