एकपटक लाठी खान मन छ,शाकाहारी आन्दोलनले भएन : प्रचण्ड

कर्णाली दृष्टि संवाददाता ५ माघ २०७७, सोमबार ०८:२७
            तस्वीर : सामाजिक संजालबाट             

काठमाडौं | नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताएका छन ।

आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने समेत उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने जानकारी दिए ।

Next Post

युवालाई साइबर अपराध सम्बन्धी, कांग्रेसको प्रशिक्षण

५ माघ २०७७, सोमबार ०८:२७
काठमाडौ | नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले साइबर अपराधलगायत विषयमा सदस्यहरुलाई प्रशिक्षण दिएको छ। प्रचार विभाग अन्तर्गतको कांग्रेस युवा प्रचार नेटवर्कले आफ्ना सदस्यहरूका लागि आइतबार उक्त प्रशिक्षण दिएको हो। पार्टी प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मालगायतको सक्रियतामा साइबर सुरक्षा विज्ञ रामहरि सुवेदीले युवाहरूलाई प्रशिक्षण दिएका हुन। कांग्रेसलाई थप […]

सम्बन्धित समाचार