कर्णाली प्रदेश सभामा अन्वेषण तथा आविष्कार विधेयक दर्ता

कर्णालीदृष्टी संवाददाता १ पुष २०७८, बिहीबार १७:३०

सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयमा ‘अन्वेषण तथा आविष्कार’लाई प्रवर्द्धन गर्न छुट्टै कानून बनाउन विधेयक दर्ता भएको छ ।

विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि छुट्टै कानून बनाउन भन्दै प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको हो ।

प्रदेश सभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विद्येयकका रुपमा उक्त विधेक बुधबार प्रदेश सभामा दर्ता गर्नुभएको छ ।

विज्ञान प्रविधिको क्षेत्रमा नव प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक र प्राविधिक जनशक्तिलाई परिचालन गरी समृद्धियुक्त समाज निर्माण गर्ने विधेयकको उद्देश्य छ ।

ऐनमार्फत देशभित्र र बाहिरका आविष्कारसँगै नवीन सोच र अवधारणालाई स्थान दिने छ प्रदेश सभा सदस्य भण्डारीले बताउनुभयो । उनले अब्बल मष्तिष्कहरूको प्रयोग नहुँदा प्रतिभावान् जनशक्ति विदेशिएको र अव ती प्रतिभालाई स्वदेशमै स्थान दिइने बताउनुभयो ।

कर्णालीको समृद्धिका लागि विभिन्न क्षेत्रका प्रतिभाहरूलाई केन्द्रित गरी उनीहरूको उत्पादनलाई बजारीकरण गर्ने काम आविष्कार केन्द्रले गर्नेछ । नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान दिने व्यवस्था विधेकमा छ ।

नव–प्रवर्तन, अन्वेषण तथा आविष्कारका लागि कर्णाली प्रदेश सभा सचिवालयमा दोस्रो पटक दर्ता गरिएको गैरसरकारी विधेयकले संघीयताको सुदृढीकरणमा समेत योगदान पु¥याउने उहाले बताउनुभयो । # Onlinekhabar

Next Post

एक दिनमै ३० शिक्षकले दिन्छन् राजीनामा

१ पुष २०७८, बिहीबार १७:३०
काठमाडौं । पछिल्ला केही दिनयता राजीनामा दिने शिक्षकको संख्या बढेको छ । हिजोआज दैनिक २५ देखि ३० जना शिक्षकको राजीनामा आएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयले जनाएको छ । कार्यालयमा दैनिक ४० देखि ५० निवेदन दर्ता हुने गरेकामा २५ देखि ३० वटा निवेदन शिक्षक राजीनामाको हुने गरेको राष्ट्रिय किताबखाना (शिक्षक) का […]