सरकारले चुनाव गराएन भने पनि आगामी जेठमा राजिनामा दिन्छू: अध्यक्ष ओली

कर्णालीदृष्टी संवाददाता १७ माघ २०७८, सोमबार ०६:४७

दैलेख । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

उहाँले स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यस अवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शङ्का गर्दै उहाँले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

“सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा शपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु , उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिव समेत रहनुभएका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताउनुभयो ।

२०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएको बताउदै अध्यक्ष ओलीले अहिलेको सरकारले पनि सोही मितिसम्म निर्वाचन गरोस् भन्ने कामना गर्दै सरकारले जेठभित्र निर्वाचन नगरे आफुले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिने बताउनुभयो ।

Next Post

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सूरु

१७ माघ २०७८, सोमबार ०६:४७
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ । आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गर्नुभएको छ । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा […]