मूगुका पालिकाको सीमा निर्धारणमै विवाद

कर्णालीदृष्टी संवाददाता ४ फाल्गुन २०७८, बुधबार ०७:२५

मूगू । मुगुका ४ वटै पालिकामा सीमा निर्धारणमा विवाद देखिएको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन थाले पनि उनीहरूले विवाद समाधानमा चासो दिएका छैनन ।

जिल्लाका पालिकाहरूबीच मात्र हैन, छिमेकी जिल्लासँग पनि सीमा विवाद उस्तै छ । छायानाथरारा नगरपालिकासँग सीमा जोडिएको जुम्लाको डाब र घुच्चीलेक क्षेत्रमा विवाद छ ।

२०७५ मा उक्त स्थानमा नगरपालिकाले गेट बनाउन लाग्दा जुम्लाको कनकासुन्दरी गाउँपालिकाका स्थानीयले आफ्नो वन क्षेत्रमा गेट बनाउन पाइँदैन भन्दै विरोध गरेका थिए ।

तर पालिकाले बेवास्ता गरी स्वागतद्वार बनाएपछि कनकासुन्दरीका बासिन्दाले भत्काइदिएका थिए । नगरपालिकास्थित पिना, मुन्दु र कोटिलाका स्थानीयले भने घुच्चीडाबदेखि नेपाली सेनाको ब्यारेकसम्मको क्षेत्र आफ्नो दाबी गर्दै आएका छन ।

कनकासुन्दरीका स्थानीयले सातमोडभन्दा माथिको चौरको छेउबाट आफ्नो सिमाना भनेर दाबी गर्न थालेपछि सीमा विवाद बल्झिँदै गएको छ ।

विवाद समाधानका लागि नगर प्रमुख हरिजंग शाहीसहित पिना गाउँका स्थानीय र कनकासुन्दरीका अध्यक्ष नरवीर रावतसहितको टोलीबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन ।

मुगु र जुम्लाको सिमाना विवादका कारण दुवै जिल्लाका स्थानीयलाई पशुचौपाया चराउन पनि समस्या भएको पिनागाउँका टक्कबहादुर मल्लले बताउनुभयो  । ‘पाँच वर्षसम्म स्थानीय सरकारले आफ्नो सीमा नै छुट्याउन सकेन,’ उहाले भन्नुभयो, ‘अरू समस्या त कति छन् कति, घाँसदाउरा गर्न र पशु चराउनै समस्या भयो ।’

नगरपालिका र छिमेकी जिल्ला हुम्लाको चंखेली गाउँपालिकाबीच पनि सीमा विवाद कायम छ । मुगुतर्फका बाम, पोइपाटा र थपालचौर गाउँका स्थानीय र हुम्लाको दार्मका बासिन्दाबीच गाईभैंसी र भेडाबाख्रा चराउने बेलासमेत पटकपटक विवाद हुने गरेको छ । Kantipur

Next Post

समाजवादी प्रेस संगठन दैलेखको अध्यक्षमा भिमवहादुर सिजापती चयन

४ फाल्गुन २०७८, बुधबार ०७:२५
दैलेख । समाजवादी प्रेस संगठन नेपाल दैलेखको अध्यक्षमा भिमबहादूर सिजापति चयन हुनुभएको छ । बुधबार सदरमुकाम दैलेखमा सम्पन्न भएको संगठनको प्रथम जिल्ला भेलाबाट हाम्रो तेश्रो आँखा दैनीकका कार्यकारी सम्पादक सिजापतिलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । यस्तै भेलाबाट उपाध्यक्षमा कृष्ण दैलेखी र कमला विक लाई चयन गरिएको छ भने सचिवमा […]