बाँकेमा बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता २५ पुष २०७८, आईतवार ०८:३८

काठमाण्डाै – बाँकेमा  शनीबार फेरि बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ अब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

थारु साथीहरुसहित बाँके राष्ट्रिय निकुञ्ज नजिकैको वनमा  माघीका लागि पात टिप्न जानुभएको थियो । थारुलाई पात टिप्न गएको ५, ६ जनाको समूहकै बीचबाट झम्टिएर बाघले लगेपछि अरुले भने  भागेर ज्यान जोगाउन सफल भएका थिए ।

दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टकाे ज्यान गएको थियो । बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको जोखिम रहेको भन्दै बाँके राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

Next Post

नेपालमा आज थप ११ सय जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

२५ पुष २०७८, आईतवार ०८:३८
काठमाण्डौ । नेपालमा थप ११ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ६ सय ३२ जनाको परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय १५ जना सङ्क्रमित […]