रुकुम पश्चिममा डुबेर दाजुभाइको मृत्यु

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार ०८:२२

रुकुम पश्चिममा दहमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडी खेल्ने क्रममा एकै घरका दाजुभाइको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसीकोट नगरपालिका १ सल्लेका भिमबहादुर थापा र प्रेम थापा रहेका छन् । साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी रुकुमका प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठले जानकारी दिए ।

Next Post

अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने क्रम जारी‚ आज दुई उडानबाट आउँदै

५ भाद्र २०७८, शनिबार ०८:२२
        काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये थप केही आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए। शुक्रबार साँझसम्म ४७० जना स्वदेश फर्किएका छन्। शुक्रबार दुईवटा उडानबाट १७४ जना स्वदेश फर्केका हुन्। काबुल छाडिसकेका करिब एक हजार जना नेपालीमध्ये ५३० जना स्वदेश फर्कने क्रममा विभिन्न […]