सुर्खेतमा परपुरुषसँग लागेको भन्दै श्रीमतीको हत्या

कर्णालीदृष्टी संवाददाता ८ पुष २०७८, बिहीबार ०७:४७

सुर्खेत । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन । परपुरुषसँग सम्बन्ध राखेको भन्दै ती पुरुषले श्रीमतीको हत्या गरेका हुन ।

गुर्भाकोट नगरपालिका –१३ का ७१ वर्षका भिमबहादुर परिवारले ६९ वर्षीया श्रीमती गौमाया परिवारलाई दाउराको चिर्पट र मसला पिस्ने लोरोले हिकाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएपछि त्यही झोकमा श्रीमती हत्या गरेको बताएको छ । रिसको झोकमा हत्या गरेपछि घटना मोडको लागि परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको भन्ने भनाइ झुट पनि हुन सक्ने सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताउनुभयो ।

‘रिसको झोकमा हत्या गरेको हुनसक्छ,’ सुर्खेत प्रहरी प्रमुख (एसपी) विष्टले भन्नुभयोे, अहिले परपुरुषसँगको सम्बन्ध कारण देखाएर हत्या गरेको भीमबहादुरले बताएका छन । प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ । सुर्खेत प्रहरीले भीमबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । # NagarikNews

Next Post

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका १ को वडा कार्यालयमा तालाबन्दी

८ पुष २०७८, बिहीबार ०७:४७
दैलेख – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल सरकारको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगार जनताले नपाएको भन्दै तालाबन्दी गरिएको हो । सबै बेरोजगार जनताका लागी बेरोजगार भत्ता कार्यक्रम आएको तर चामुण्डा बिन्द्रासैनी नगरपालिका रोजगार शाखा तथा वडा जनप्रतिनिधिले आफ्नालाइ मात्र […]