भारतको लुधियानामा रहेको अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता ९ पुष २०७८, शुक्रबार ०७:१०

काठमाण्डाै – भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ । अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विस्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको थियो ।

वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा हिजो भिड कम थियो । अदालत भित्र कसले र किन विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान भैरहेको सुरक्षा निकायले जनाएको छ ।

Next Post

छोटो बाटोबाट शिक्षा ऐन ल्याउने तयारी

९ पुष २०७८, शुक्रबार ०७:१०
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सङ्घीय शिक्षा ऐन छोटो बाटोबाट ल्याउने तयारी भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको  बिहीवारको बैठकमा मन्त्री पौडेलले ऐन ल्याउन ढिलो भइसकेकाले छिटो मार्गबाट ल्याउन सांसद्ले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वशिक्षामन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै सङ्घीय शिक्षा ऐनका […]