छोटो बाटोबाट शिक्षा ऐन ल्याउने तयारी

कर्णालीदृष्टी संवाददाता ९ पुष २०७८, शुक्रबार ०७:१४

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सङ्घीय शिक्षा ऐन छोटो बाटोबाट ल्याउने तयारी भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको  बिहीवारको बैठकमा मन्त्री पौडेलले ऐन ल्याउन ढिलो भइसकेकाले छिटो मार्गबाट ल्याउन सांसद्ले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पूर्वशिक्षामन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै सङ्घीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले प्रारम्भिक बाल विकासका शिक्षकको विषयमा पालिकालाई पारिश्रमिक दिन मन्त्रालयले सर्कुलर गरेको बताउँदै यसलाई थप बलियो बनाउन ऐनमा समावेश गर्ने जानकारी दिनुभयो ।

बैठकमा पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले योजना अयोगले तयार पारेको १५ औँ योजना र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले विद्यार्थीका अभिभावकको दायित्वको विषयमा पनि कानुनमा व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो ।

Next Post

आउँदो हप्ता हिउँदे वर्षाको सम्भावना, यसपालि औसतभन्दा कम पानी पर्ने प्रक्षेपण

९ पुष २०७८, शुक्रबार ०७:१४
काठमाण्डाै – अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ । लगातार झरी नपरे पनि […]