माओवादी राष्ट्रिय सम्मेलन: प्रचण्डलाई मनोनयनतर्फका प्रतिनिधि छान्ने जिम्मा

कर्णालीदृष्टी संवाददाता १० पुष २०७८, शनिबार ०७:१७

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् ।

यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा बढाएर १० प्रतिशत पु¥याइएको हो । माओवादीले यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेकोमा अब त्यो सङ्ख्या एक हजार ६ सय आठ हुने भएको छ ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक दस्तावेजमाथि भने शनिवार बस्ने बैठकमा छलफल हुने महराले जानकारी दिनुभयो । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आइतवार ११ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

यसैबीच नेकपा मसाल (सम्पर्क केन्द्र) र नेकपा माओवादी केन्द्रको एकीकरण भएको छ । नेकपा मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तन जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Next Post

पालिका चुनाव आउँदो वैशाख १४ र २२ गते गर्न प्रस्ताव

१० पुष २०७८, शनिबार ०७:१७
काठमाण्डौ । निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग शुक्रवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने जानकारी दिनुभएको हो । पालिकाको पदाधिकारी […]