पालिका चुनाव आउँदो वैशाख १४ र २२ गते गर्न प्रस्ताव

कर्णालीदृष्टी संवाददाता १० पुष २०७८, शनिबार ०७:२१

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग शुक्रवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने जानकारी दिनुभएको हो ।

पालिकाको पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु दुई महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्था छ । चुनाव तयारीका लागि आयोगलाई एक सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।

संविधानको धारा २ सय २५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।

Next Post

बडाभैरब आधारभुत विद्यालय जुफियाको बार्षीक सामाजीक लेखा परिक्षण सम्पन्न

१० पुष २०७८, शनिबार ०७:२१
दैलेख । नारायण नगरपालीका ११ मा रहेको बडाभैरब आधारभुत विद्यालय जुफियाको बार्षीक सामाजीक लेखा परिक्षण सम्पन्न भएको छ । बिहीबार बिद्यालयमा आयोजित सामाजीक लेखा परिक्षण कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक गतीबिधीबारे प्रकाश पार्र्दै बिद्यालयका प्रध्यानाध्यापक मनसरा थापाले आर्थिक वर्ष २०७७÷०७८ को ६९ लाख १९ हजार ३८ रुपैया बराबरको आय तथा […]

सम्बन्धित समाचार