भैरवीमा पहिलोपटक “स्थानीय खाना तथा रैथाने बालीको बिउबिजन” प्रदर्शनी मेला

खगेन्द्र राना मगर १४ पुष २०७८, बुधबार ०७:३७

दैलेख । दैलेखको भैरवी गाउपालीका वडा नम्बर ७ कुसापानीमा पहिलो पटक स्थानीय खाना तथा रैथाने बिउबिजन प्रर्दशनी मेला सम्पन्न भएको छ ।

हातेमालो सामुदायीक विकास सस्था नारायण नगरपालीका १ दैलेखको आयोजना तथा उज्यालो साना किसान सहकारी सस्था भैरवीको समन्वयमा सोमबार उक्त प्रर्दशनी मेला सम्पन्न भएको हो ।

पछिल्लो समय लोप हुदै गैरहेका रैथाले बाली र स्थानीय खानाको परिकारलाई जर्गेना गर्नु मेलाको मुख्य उद्येश्य रहेको आयोजक हातेमालो सामुदायीक विकास सस्थाका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाका अनुसार निकट भविश्यमै आउन सक्ने विउ बिजन संकट समस्या समाधान र दैनीकजसो लोप हुदै गईरहेका रैथाने बालीहरुको संरक्षणका लागी “स्थानीय खाना तथा रैथाने बिउबिजन” प्रर्दशनी मेलाको आयोजना गरिएको हो ।

मेलामा कोदाको ढेडो, मकैको रोटी, साग, सिस्नो,स्थानीय कृषकले उत्पादन गरेका बिभीन्न रैथाने बालीका विउ विजनहरु प्रर्दशनी गरिएको थियो ।

मेलामा प्रर्दशन गरिएका स्थानीय खानाका परिकार तथा रैथाने बालीका बिउ बिजनहरु

मेलामा स्थानीय खाना तथा रैथाने वालीहरुको विउविजन प्रर्दशन गर्ने स्थानीय किसानहरु मध्येवाट उत्कृष्ठ कृषकहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

जसअन्र्तरगत बिउविजन प्रर्दशन तर्फ नन्दकली कंडेल प्रथम, मिना गूरुङ द्धृतीय, चन्दूकली कंडेल तृतीय र महेन्द्र पहराई शान्तवना स्थान हासिल गर्नसफल भएका छन ।

यस्तै स्थानीय खानातर्फ सुर्जा गूरुङ प्रथम, देवीराम अधिकारी द्धृतीय, पुर्ण प्रसाद भण्डारी तृतीय र रंग बहादूर शाही र रत्न गूरुङ शान्तवना हुन सफल भएका छन ।

प्रर्दशनीमा ४० भन्दा बढी स्थानीय किसानहरुले आ–आफ्नो घरमा बन्ने परिकार सहितका स्थानीय खाना तथा आफूले उत्पादन गरेको तरकारी एवंम रैथाने बालीहरुको बिउबिजन प्रर्दशन गरेका थिए ।

उत्कृष्ट स्थानीय खाना तथा बिउविजन प्रर्दशन गरेका कृषकहरुलाई पुरस्कार वितरण गर्दैका केही झलकहरु

स्थानीय खाना तथा बिउविजन प्रर्दशन पश्चात आगामी दिनमा कृषकहरुलाई थप अर्गानीक खाना र स्थानीय रैथाने बालीहरुको उत्पादन र संरक्षणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

 

Next Post

उज्यालो साना किसान सहकारीको कुल कारोवार ४ करोड ३३ लाख बढी

१४ पुष २०७८, बुधबार ०७:३७
दैलेख । भैरवी गाउपालीका वडा नम्बर ७ कुसापानीमा रहेका उज्यालो साना किसान सहकारी सस्था लिमीटेडको कारोवार ४ करोड ३३ लाख बढी पुगेको छ । सोमबार भैरवी गाउपालीका वडा नम्बर ७ स्थित भाटीचौरमा आयोजित सस्थाको नवौ बार्षीक साधारण सभामा आर्थीक बर्ष २०७७÷७८ को बार्षीक प्रतिबेदन प्रूतुत गर्दै सस्थाका अध्यक्ष लक्ष्मी प्रसाद […]