दैलेख । भैरवी गाउपालीका वडा नम्बर ७ कुसापानीमा रहेका उज्यालो साना किसान सहकारी सस्था लिमीटेडको कारोवार ४ करोड ३३ लाख बढी पुगेको छ ।
सोमबार भैरवी गाउपालीका वडा नम्बर ७ स्थित भाटीचौरमा आयोजित सस्थाको नवौ बार्षीक साधारण सभामा आर्थीक बर्ष २०७७÷७८ को बार्षीक प्रतिबेदन प्रूतुत गर्दै सस्थाका अध्यक्ष लक्ष्मी प्रसाद (जैसी) अधिकारीले सस्थाको कुल कारोवार ४ करोड ३३ लाख ५१ हजार १ सय ६४ रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
सस्थाको जगेडा कोषतर्फ १७ लाख २० हजार ७ सय ३१, अन्य कोष २६ लाख ६२ हजार १ सय ९४ रुपैया, कर्जा जोखीम कोषतर्फ १२ लाख ८५ हजार ६ सय ८७ रुपैया रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस्तै बचत हिसाबतर्फ १८ लाख ३४ हजार ३ सय ४५ रुपैया, क्रृणतर्फ १० खाल ५९ हजार ९ सय ८२, अनुदान तर्फ २२ लाख ७१ हजार ३ सय ९२, भुक्तानी दिन बाकी ३ लाख ९२ हजार १ सय ३२ रुपैया, र अन्य दायीत्व हिसावतर्फ १० हजारगरी कुल ४ करोड ३३ लाख ५१ हजार १ सय ६३ रुपैया रहेको छ ।
सहकारीमा हाल १ हजार २ सय १२ जना सेयर सदस्यहरु रहेका छन । जसमा ६६० जना महिला र ५५२ जना पुरुषहरु रहेका छन ।
सहकारी एैन २०४८ अन्र्तरगत २०६९ साल असोज २४ गते डिभीजन सहकारी कार्यालय विरेन्द्रनगर सुर्खेतमा दर्ता भै सन्चालनमा रहेको सस्थाले आगामी आर्थीक बर्षसम्ममा सदस्य सङ्ख्या बढाएर १५ सय पुर्याउने लक्ष्य लिएको छ ।
सहकारीमा हाल भैरवी गाउपालीका वडा नम्बर ६ र ७ का सत प्रतिशत घरधुरी तथा २,३,४ र ५ नम्बर वडाका अधिकांश घरधूरी आवद्ध भै सेवा लिरहेका छन ।
सहकारी सञ्चालन देखी आर्थीक बर्ष २०७८÷७९ सम्म आईपुग्दा रु ६४ लाख २४ हजार ४ सय रुपैया शेयर पुंजी संकलन भैसकेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
अहिले उक्त सहकारी सस्थाले राष्ट्रिय सहकारी बैंक दैलेखसंग सहकार्य गरी रेमीटान्सको कार्यलाई सहज र सरल बनाउन आईएमी सेवा सन्चालन गर्नुका साथै ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना संगको सहकार्यमा दुध संकल केन्द्र डेरी समेत सन्चालन गर्दै आईरहेको छ ।
२० जना किसानलाई भैसी वितरण, १० जनालाई तरकारी खेतीको लागी, पक्की प्लास्टीक घर,१४ वटा कच्ची प्लास्टिक घर निर्माणका साथै विउ विजन वितरण गरिएको सहकारीले जनाएको छ ।
आगामी दिनमा सहकारीले बिभीन्न संघ स्स्थाहरुसंग सहकार्य तथा समन्वय गर्ने, भैरवी गाउपालीकाका सबै वडाहरुमा समुह विस्तार, कृषकहरुबाट उत्पादीत कृषी उपज वस्तूहरु संकलन गरी विक्री वितरण गर्ने, बेमौसमी तरकारी तथा फलफूल खेती, उन्नत जातका पशुपालन जस्ता कार्यहरुलाई समेटी आय आर्जनलाई बृद्धी गर्नका लागीपहल गर्ने सहकरीका अध्यक्ष लक्ष्मीप्रसाद (जैसी) अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा भैरबी गाउपालीकाका सहकारी ईकाई प्रमुख शैलेन्द्र कुमार थापाले समाजकोे समृद्धिका लागि सरकारले सहकारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै राष्ट्रिय सहकारी बैंक शाखा दैलेखका प्रमुख सुरेन्द्र शाहीले सहकारीलाई उर्जाशिल र शशक्त बनाएर कृषकका समस्या रमागहरुलाई बमेट्दै सहकार्य गरेर अगाढी बढ्न सुझाव दिनुभयो ।
साधारण सभामा स्थानीय बासी र सहकारीमा आवद्ध सदस्यहरु लगाएतकोे उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण डिलू गूरुङले गर्नुभएको थियो ।