दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते ।

कर्णाली दृष्टि संवाददाता ८ चैत्र २०७९, बुधबार १०:३७

दैलेख : दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किसोर लम्सालले जानकारी दिए।, ‘उनका अनुसार ट्रकमा ४ जना सवार रहेको र मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकि रहेको प्रहरीको भनाइ छ ।

Next Post

महाबुमा पहिलो पटक गर्भवती आमाहरुलाई निशुल्क क्याल्सियम चक्की वितरण

८ चैत्र २०७९, बुधबार १०:३७
दैलेख : दैलेखको महाबु गाउँपालिकाले गर्भवती आमाहरूलाई निशुल्क क्याल्सियम चक्की वितरण गरेको छ । गाउँपालिकाले गर्भवती आमाहरुका लागि क्याल्सियम चक्की वितरण कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुलाई ३, दिने अभिमुखिकरण गोष्ठी संचालन गरेको हो ।, ‘ महाबु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहिवार पालिकाको सभाहलमा अभिमुखिकरण गोष्ठी भएको थियो । “गर्भावस्थामा हुन सक्ने प्री […]