राष्ट्रपति भण्डारीद्वारा आफ्नो दुई महिनाको तलव, कोरोना उपचार कोषमा

कर्णाली दृष्टि संवाददाता ५ कार्तिक २०७७, बुधबार १४:०८

काठमाडौ । राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष“ मा यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक दिनुभएको छ।

राष्ट्रपति भण्डारीले विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को रोकथाम एवम् नियन्त्रणका लागि सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा हुने गरी आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको राष्ट्रपतिको कार्यालयले आज(बुधबार) विज्ञप्ति मार्फत जानकारी दिएको छ।

विज्ञप्ति पढ्नुहोस……

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन ।

५ कार्तिक २०७७, बुधबार १४:०८
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुनस्निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो। मल्लकालीन शैलीमा […]