काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष“ मा यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक दिनुभएको छ।
राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को रोकथाम एवम् नियन्त्रणका लागि सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा हुने गरी आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको राष्ट्रपतिको कार्यालयले आज(बुधबार) विज्ञप्ति मार्फत जानकारी दिएको छ।
विज्ञप्ति पढ्नुहोस……



