राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन ।

कर्णाली दृष्टि संवाददाता ५ कार्तिक २०७७, बुधबार १४:१६

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुनस्निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो।

Next Post

कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि १६ गतेसम्म (परीक्षा तालिकासहित)

५ कार्तिक २०७७, बुधबार १४:१६
कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार देशभरि करिव साढे चार हजार परीक्षा केन्द्र रहनेछन् […]

सम्बन्धित समाचार