सुर्खेतको विरेन्द्रचोकमा वीरेन्द्रको सालिक पुनः राखियो

कर्णालीदृष्टी संवाददाता १४ पुष २०७८, बुधबार १६:२२

सुर्खेत । सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुनः राखिएको छ । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो ।

वीरेन्द्रचोकमा २०४४ सालमा स्थापना गरिएको सालिक २०६२÷६३ को आन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो ।

गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले वीरेन्द्रको जन्मयन्तीमा सालिक राखेका हुन् । राजा हाम्रो इतिहास हो’, उहाले भन्नुभयो, ‘ऊ बेलामा राजाले वीरेन्द्रनगरमा योगदान पु¥याएकाले सालिक राखिएको थियो ।’

तत्कालीन राजा वीरेन्द्र २०३३ सालमा पहिलो पटक सुर्खेत आएका बेला उनले उपत्यकालाई गुरुयोजना बनाउन पठाएका थिए । ऊ बेला कटकुवा पञ्चायतका रुपमा रहेकाले उपत्यकाको नाम वीरेन्द्र चोक नामकरण गरिएको थियो ।

Next Post

बर्षा र हिमपातका कारण देशभर चिसो बढ्यो, घरबाहिर निस्किन सकस

१४ पुष २०७८, बुधबार १६:२२
दैलेख । आज बुधवार दैलेख लगाएत देशभर मौसम बदली भइ धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिजो मङ्गलवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दैलेखमा पनि गएरातिदेखि नै पानी परेको छ भने जिल्लाका उच्च भुभागहरुमा हिमपात समेत भएको छ […]