प्रधानमन्त्री देउवा र डा. केसीबीचकाे सम्झाैतामा ओलीकाे आपत्ति

कर्णालीदृष्टी संवाददाता १७ पुष २०७८, शनिबार ०६:५०

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई पठाएर कारोबार चलाउनेहरूलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको गम्भीर आरोपसमेत लगाउनुभयो ।

उहाँले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गर्नुभयो ।

उहाँले स्कुल, कलेज बन्द गर्न त्याे सम्झौता भएको र त्यसबारे बुद्धिजीवीहरू मौन बसेकाे भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सरकारकै कारण देशकाे को अर्थतन्त्र ध्वस्त भएको र बैंकमा तरलताको अभाव देखिएको दाबीसमेत गर्नुभयो ।

Next Post

ललिता निवास जग्गा प्रकरणमा १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी

१७ पुष २०७८, शनिबार ०६:५०
काठमाण्डाै – ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डाै जिल्ला अदालतले एक सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गएकाे आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र  शुक्रवार आठ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे । यस प्रकरणमा उच्च पदस्थ कर्मचारीसहित, भूमाफिया […]

सम्बन्धित समाचार