एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो

कर्णालीदृष्टी संवाददाता ८ फाल्गुन २०७८, आईतवार १८:२७

काठमाण्डौ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ ।

आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गोलीसमेत चलाएको छ । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

अहिले माइतीघर–तीनकुने क्षेत्रमा गाडी चलेका छैनन् । पटक–पटक प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् । प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्यास र पानीका फोहरा प्रहार गरेको छ ।

Next Post

दाउरा नपाइने मुगुको तिर्पमा नगरपालिकद्धारा ग्यास र चुल्हो वितरण

८ फाल्गुन २०७८, आईतवार १८:२७
मुगू  । मुगूको छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरेको छ । छायाँनाथ रारा नगरपालिका गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत आइतबार दाउरा नपाउने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ को तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो । दाउराको साह्रै समस्या हुने उक्त गाउँमा […]

सम्बन्धित समाचार