कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि १६ गतेसम्म (परीक्षा तालिकासहित)

कर्णाली दृष्टि संवाददाता, ५ कार्तिक २०७७, बुधबार १७:१९

कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था रहेको जानकारी दिए ।

उनका अनुसार देशभरि करिव साढे चार हजार परीक्षा केन्द्र रहनेछन् । विगतमा करिव एक हजार एक सय परीक्षा केन्द्र कायम गरिन्थे ।

“कुनै विद्यार्थी आफू अध्ययनरत रहेको विद्यालयभन्दा फरक जिल्लामा बसोबास गरेको भए उनले आफू रहेकै जिल्लाबाट परीक्षा दिन सक्नेछन्” उनले थपे, “विद्यालयलाई त्यस्ता विद्यार्थीका बारेमा फाराम भर्न लगाएका थियौँ । त्यसैका आधारमा विद्यार्थीले आफ्नो गृह जिल्लाको घर नजिकको विद्यालयबाट परीक्षा दिन सक्नेछन् । त्यस्ता विद्यार्थी देशभरि करिव नौ हजार छन् ।”

Next Post

गैह्र जिम्मेवार सरकार , : प्रेम थापा

५ कार्तिक २०७७, बुधबार १७:१९
बिपत तथा बिश्व स्वास्थ संकट त सन 2014 मा पनि घोषणा भएकै हो । जुन देशमा महामारी फैलिएको थियो । जुन मुलुकमा मान्छे हेर्दा हेर्दै ढलेको अवस्था आएको थियो , त्यहाँको निरङ्कुश पुजीवादी राज्यका सरकार प्रमुखले पनि जनताको दुख हेरि बस्न सकेनन । जिम्मेवारीबाट पन्छिन खोजेनन कत्ती पनि । आफ्नो […]