गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

चक्र प्रसाद पोख्रेल १२ पुष २०७७, आईतवार ०९:२९

गुल्मी:गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्दै प्रचण्ड-माधव समूह ,जुलुस निकाल्न ८ वटा केन्द्र

१२ पुष २०७७, आईतवार ०९:२९
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड(नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा […]