एमसिसी अगाडि नबढाउन ‘प्रकाण्ड’को चेतावनी

साभार २८ भाद्र २०७८, सोमबार १५:३१

काठमाडौं – नेत्रविक्रम चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना एमसिसी अगाडि नबढाउन चेतावनी दिएका छन्।

एमसिसी सम्झौताविरुद्ध काठमाडौं‌मा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसिसी सम्झौता गर्ने गल्ती गरिसक्नुभएको छ। अब यो अगाडि बढाउने बल नगर्नुहोस्। जनताले दलालहरूलाई छानीछानी फाल्नेछन्। जनताको भूमरिमा नपर्नुहोला।’

देउवा नेतृत्वको सरकार आफैमा संकटको भूमरीमा परेको उनको भनाइ छ। एमसीसी सम्झौता गरेर गरेको गल्ती अहिले सच्चाउने अवसर रहेको उनले बताए।

प्रकाण्डले भने, ‘केही समयदेखि देशव्यापी रुपमा नेपाली जनताले एमसिसीविरुद्ध आन्दोलन गरिरहेका छन्। अमेरिकी हस्तक्षेप र शासक नै मन पर्छ भने नेपालमा किन बस्नुहुन्छ अमेरिकातिरै जानुस्। राष्टिय स्वाधिनताको बिषयमा नेपाली जनताले संघर्ष गरिरहेका छन्। एमसिसीको विरुद्धमा पनि हामी पछिल्ला केही वर्षदेखि संघर्षमा छौँ।’

एमसिसीको नाममा नेपालका दललाहरूले भ्रष्टाचार गर्न पाउँछौँ भनेर थुक निलेर बसेको बताए। अहिले पनि एमसिसीको बिषयमा आन्तरिक कलहबाट बनेको देउवा सरकारले एमसिसी अगाडि बढाउन खोजेर मूर्खता गरेको आरोप लगाए।

ुअमेरिकी साम्राज्यवादले अहिलेको सन्दर्भमा षड्यन्त्र गर्दै आएको छ’ उनले भने, ‘त्यसलाई हिन्द(प्रशान्त रणनीति भनिन्छ। त्यसको स्वरुप आर्थिक क्षेत्रलाई देखाएर सडक र विद्युत देखाएर साम्राज्यवादी लुट मच्याइएको छ।’

आफ्नो लुटको साम्राज्य काम गर्नको लागि अमेरिकाले विभिन्न षड्यन्त्र भइरहेको उनको भनाइ छ। विदेशीको पाउमा परेर सत्ता र कुर्सी स्वार्थका निम्ति नेपाली भूमि बेचबिखन गर्ने काम भयो भने नेपाल कम्युनिष्ट पार्टीले कडा आन्दोलन गर्ने चेतावनी दिए।

Next Post

सुर्खेतमा सवारी दुर्घटना ; सात जना बढी घाइते !

२८ भाद्र २०७८, सोमबार १५:३१
सुर्खेत –रेडियो नेपाल चौकमा सवारी दुर्घटनामा सात जना बढी घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएकाहरूको अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । […]

सम्बन्धित समाचार