नेपाल क्रिकेट सङ्घ र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता

कर्णालीदृष्टी संवाददाता १९ पुष २०७८, सोमबार ०७:१०

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ ।  आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ ।

आइतवार सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए ।

क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो ।

यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो । कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आइतवारदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।

विवादका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नै प्रभावित हुने भएपछि क्यानले कप्तान परिवर्तन र कारबाही फिर्ता गर्ने निर्णय गरेको हो । आइतवारको सहमतिपछि  साेमवारदेखि बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

Next Post

सन् २०२१ मा १ लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

१९ पुष २०७८, सोमबार ०७:१०
काठमाण्डाै – सन् २०२१ मा एक लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । हवाई र स्थलमार्गबाट गरेर एक लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएका पर्यटन विभागका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी […]