प्रिमियर लिगः लिभरपुलको पुनरागमन, चेल्सीका लागि चम्कदै जियेच

कर्णाली दृष्टि संवाददाता १६ कार्तिक २०७७, आईतवार ०९:१८

सब्सटिट्युट डिओगो जोटाले लगातार तेस्रो खेलमा गोल गर्दा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फर्ममा रहेको वेस्टह्यामलाई पराजित गरेको छ । २–१ को जीत निकाल्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

निकै रोमाञ्चक बनेको खेलको १० औँ मिनेटमा नै स्पेनिस मिडफिल८र पाब्लो फोर्नाल्सको गोलको मद्दतले ह्यामर्सले अग्रता लिएको थियो । सात खेलमा लिभरपुलले खाएको यो १५ औँ गोल थियो । सन् २००४–०५ सिजनमा उपाधि जित्दा चेल्सीले सिजनभर यति नै गोल खाएको थियो ।

पहिलो हाफ सकिन लाग्दा मोहमद शलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । खेलको ८५ औँ मिनेटमा जेराडान शाकिरीको पासमा जोटाले निर्णायक गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए ।

जीतसँगै सात खेलबाट लिभरपुलको १६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।

यता, हाकिम जियेचले लगातार दोस्रो खेलमा गोल गरेपछि चेल्सीले बर्नलीमाथि ३–० को सहज जीत हासिल गरेको छ । पछिल्लो खेलमा च्याम्पियन्स लिगमा गोल गरेका जियेचको प्रिमियर लिगमा भने पहिलो गोल हो ।

खेलको २६ औँ मिनेटमा गोल गर्दै उनले चेल्सीलाई अग्रता दिलाएका थिए । योसँगै डिएगो कोस्टापछि चेल्सीका लागि शुरुवाती दुई खेलमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । दोस्रो हाफमा कर्ट जुमाले चेल्सीको अग्रता दोब्बर बनाए भने जियेचको पासमा टिमो वेर्नरले गोल गर्दै चेल्सीको जीत सुनिश्चित गरे ।

जीतपछि चेल्सीको १२ अंक रहेको छ र लिगको चौथो स्थानमा उक्लिएको छ ।

शनिबार नै भएको खेलमा म्यान्चेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । खेलको २८ औँ मिनेटमा कायल वार्करले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो । जीतपछि सिटी लिगको आठौँ स्थानमा रहेको छ ।

Next Post

एसएसपीलाई धम्की दिने विप्लव समूहको सेक्रेटरी पक्राउ।

१६ कार्तिक २०७७, आईतवार ०९:१८
काठमाडौ  । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ पक्राउ परेकी छन् ।ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले  पक्राउ गरेको हो । ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । गत जेठ […]