दैलेखकै पहिलो कवर्ड हलको उद्घाटन ।।

कर्णालीदृष्टी संवाददाता १४ चैत्र २०७८, सोमबार १६:४३

दैलेख । दैलेख सदरमुकामको नारायण नगरपालीका वडा नम्बर १ मा निर्माण सम्पन्न भएको कवर्ड हलको आईतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

जिल्लाको सदरमुकाममा रहेको त्रिभुवन माध्यामीक बिद्यालयको जग्गामा निर्माण सम्पन्न भएको उक्त कवर्ड हलको आईतबार नारायण नगरपालीकाका नगरप्रमुख रत्न बहादूर खड्काले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा वोल्दै नगरप्रमुख खड्काले खेलकुद र खेलाडीको संरक्षण र प्रोत्साहनका लागि राज्य गम्भिर हुन जरुरी रहेको बताउनुभएको छ ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको करीब ४ करोड ३६ लाखमा टेन्डर आह्वान गरिएको उक्त भवन कुल ३ करोड २६ लाख बढी लागतमा निर्माण सम्पन्न भएको हो ।

दैलेख जिल्लामै पहिलो कवर्ड हल संचालनमा आएसँगै अब सबै उमेर समूहका स्थानीयबासीले भरपुर मनोरञ्जन लिने नगरप्रमुख खड्काले विश्वास व्यक्त गर्नुभयो ।

कबर्ड हल उद्घाटनसँगै सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले कबर्ड हल औपचारिक रुपमा दैलेखको नारायण नगरपालिका र त्रिभुवन मावीको मातहतमा रहने गरी हस्तान्तरण गरेको छ ।

२०७५ साल जेठ २० गतेबाट थेगिम जि.टी. जेभी निर्माण कम्पनीले निर्माण कार्यको सूर गरिएको उक्त कवर्ड हल २०७७ जेठ ३० गते निर्माण सम्पन्न भएको थियो ।

यसअघि जिल्लामा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा ब्याटमिन्टन, बक्सिङ, कराँते, तेक्वान्दो, भलिबल लगाएतका खेल खुल्ला चौरमा हुँदै आएका थिए ।

कबर्ड हल निर्माण भएसँगै अब भने कबर्ड हल भित्र सबै खाले खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने बताईएको छ ।

Next Post

दैलेखको महाबुमा खानेपानीको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यू

१४ चैत्र २०७८, सोमबार १६:४३
दैलेख । दैलेखको महाबु गाउँपालिकावडा नम्बर ६ मा खानेपानीको पाइपलाइनमा काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । भीरालो ठाउँमा खनिएको पाइपलाइनमा पाइप बिच्छ्याउने क्रममा लडेर स्थानीय ६३ बर्षीय सुर्यबहादुर शाहीको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो । प्रहरी निरीक्षक सुनारका अनुसार […]