एमाले दैलेखको अध्यक्षमा नन्दकिशोर बस्नेतको उम्मेदवारी घोषणा

कर्णालीदृष्टी संवाददाता २० पुष २०७८, मंगलवार १८:२६

दैलेख । नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि नेता नन्दकिशोर बस्नेतले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बस्नेतले आज पत्रकार संग कुरा गर्दै एमाले दैलेख जिल्लाको अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पुस २३ गते हुने जिल्ला अधिवेशनबाट दैलेखमा नयाँ नेतृत्व चयन हुँदैछ ।

नेकपा एमालेलाई बलियो र सशक्त बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बस्नेतले बताउनुभयो । दैलेखका जनताले फरक नेतृत्व चाहेका र त्यो नेतृत्वका लागि आफू सक्षम रहेको, पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै दैलेखमा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बस्नेतले बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत रहेका बस्नेतले उद्योगका माध्यमबाट देशलाई समृद्ध बनाउन आफूले काम गरिरहेको बताउनुभयो ।

सो कामलाई अझ तीब्र गतिमा अगाडि बढाउन आफूले उम्मेदवारी घोषणा गरेको उहाको भनाइ छ । एमाले अध्यक्ष केपी ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न आफूले नेतृत्वमै बसेर काम गर्न चाहेको समेत बस्नेतले बताउनुभयो ।

 

 

Next Post

दैलेखको आठबिसकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

२० पुष २०७८, मंगलवार १८:२६
दैलेख । दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । जिल्लाको सदरमुकामदेखी पश्चिममा पर्ने आठबिस नगरपालिका–५ की २२ वर्षीया चना विकलाई अत्याधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि हेलीकप्टरमार्फत सुर्खेत लगिएको हो । आईतबार दिउँसो देखि नै सुत्केरी व्यथा लागेर थलिएकी चनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन […]