दैलेख । दैलेखमा जिप दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ भने अन्य आठ जना घाईते भएका छन ।
जिल्लाको भगवतिमाई गाउँपालिकाको वेस्तडादेखि दैलेख बजार आउँदै गरेको लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका–११ लोहोरेमा आज बिहान करिब ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी मालीक भगवतिमाई–१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिनुभयो ।
शाहका अनुसार जिपमा सवार आठ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुलार्ई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । यस्तै जिपमा सवार २ जना बच्चा भने सकुशल रहेका छन। जिप दुर्घटना हुनको कारण खुल्न सकेको छैन ।
तस्वीर जनक अधिकारीको फेसबुकबाट



