हुम्लाबाट चार लाख ८० हजार केजी जडिबुटी निकासी

कर्णालीदृष्टी संवाददाता १३ चैत्र २०७८, आईतवार ०७:३६

हुम्ला । गत पुस महिना यता हिमाली जिल्ला हुम्लाबाट चार लाख ८० हजार केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । जडिबुटी जिल्लावासीको मुख्य आयस्रोत रहेको स्थानीयको भनाई छ ।

डिभिजन बन कार्यालयका सहायक बन अधिकृत प्रवीण पौडेलकाअनुसार यसवर्ष हुम्लाबाट १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी चार लाख ८१ हजार तीस केजी जडिबुटी निकासी भएको बताइएको छ । यी जडिबुटी दुई दर्जन बढी राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरिएको हो ।

जिल्लाबाट निकासी भएका जडिबुटीमा तीन लाख ४० हजार केजी जटामासी रहेको छ । ४९ हजार पाँच सय केजी कुट्की, ४८ हजार छ सय केजी सेतक चिनी, बीस हजार केजी सुगन्धवाल, १४ हजार छ सय केजी अतीस, एक हजार केजी चिराईतो, पाँच केजी सिलाजित, चार हजार केजी धुपी, ५१० केजी कालादाना, एक हजार २५० केजी बन लसुन, ५२० केजी अल्लो, एक हजार केजी वीस र पैतालीस केजी गुच्ची च्याउँ रहेको पौडेलले बताउनुभयो ।

यी जडिबुटी कार्यालयको पञ्चवर्षीय योजनाअनुसार निकासी भएका हुन । यसमा जटामासीको सङ्कलन पुर्जी बन बिभागबाट दिइएको छ । अन्य एघार प्रकारका जडिबुटीको सङ्कलन पुर्जी कार्यालयबाटै दिइएको छ ।

Next Post

‘फोहर व्यवस्थापनबाट जैविक मल बनाउने नीति आवश्यक’

१३ चैत्र २०७८, आईतवार ०७:३६
कर्णाली । बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ । यसले एकातिर सहर तथा गाउँ बस्ती कुरुप हुँदै गएका छन् भने अर्कातिर खेतीयोग्य जमिनको उर्वरा शक्तिमा ह्रास आएको छ । मानिसले उपभोग गर्ने वस्तुबाट निस्कने फोहरजन्य चिजको सही व्यवस्थापन हुन नसक्दा यसले […]