जनताको व्यवस्थालाई स्थापीत गर्नु नै राष्ट्रिय समस्याको समाधान हो : प्रकाण्ड

खगेन्द्र राना मगर २२ पुष २०७८, बिहीबार १८:३३

दैलेख । विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले जनताको व्यवस्थालाई स्थापीत गर्नु नै राष्ट्रिय समस्याको समाधान भएको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी जिल्ला समिती दैलेखले आज (बिहीबार) सदरमुकाम दैलेखमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता प्रकाण्डले सबै नेपाली जनताले अब अहिलेको राज्य व्यवस्था बदल्नूको विकल्प नभएको बताउनुभयो ।

यस्तै नेता प्रकाण्डले गाउँमा सिंह दरबारको अधिकार नभई भ्रष्टाचार आएको समेत बताउनु भएको छ । उहाले सङ्घीयताले सिंह दरबारमा भएको भ्रष्टाचार गाउँसम्म पुर्याएको बताउनुभयो ।

सङ्घीय व्यवस्थामा जनताका समस्या भन्दापनि राजनैतिक व्यक्तिका समस्या पुरा गर्न लाग्ने गरेकाले यस्तो अवस्था देखिएको उहाको भनाई छ ।

उहाले २०६२÷६३ मा जहा जनता र देश पुग्नुपर्ने थियो त्यहानपुगेपछि धोकाभएको बताउदै आफ्नै पार्टी छोड्नुपरेको स्मरण गर्नुभयो ।

जनवादी व्यवस्थाले मात्रै नपुग्ने भन्दै देशमा अहिले भैरहेका दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर त्यसको ठाउमा जनताको बैज्ञानीक समाजवादी व्यवस्था कायम गर्नुपर्नेमा उहाको जोड थियो ।

संसदीय चुनाव जस्ता कुरा राष्ट्र र जनताका बिरुद्धमा अपराध गर्नेहरुको नवीकरण मात्र भएको आरोप लगाउदै चुनावको कुनै अर्थ अर्थ नरहेको समेत उहाले दावी गर्नुभयो ।

उहाले एमसिसी भनेको अमेरीकी सुरक्षालाई सेवागर्ने परियोजना भएकोले यो परियोजना कुनै पनि हालतमा नेपालमा लागू हुन नदीने बताउनुभयो ।

Next Post

कांग्रेसमा युवा आएसँगै रूपान्तरण सुरु भयाे : महामन्त्री शर्मा

२२ पुष २०७८, बिहीबार १८:३३
इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरण सुरु भएको बताउनुभएको छ । बिहीवार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरण सुरु भएको बताउनुभएको हो । महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा […]