दैलेखमा कांग्रेस ५, एमाले ४ र माओवादी केन्द्र २ पालिकाको प्रमुख पदमा बिजयी

खगेन्द्र राना मगर ५ जेष्ठ २०७९, बिहीबार ०९:२२

दैलेख । दैलेखका सबै पालिकाको मतगणना सकिएको छ । ११ वटा स्थानिय तह रहेको दैलेखमा नेपाली कांग्रेसले ५ पालीका प्रमुखमा बिजयी हासिल गरेको छ भने नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र २ वटा पालिकाको प्रमुखमा बिजयी भएका छन ।

नेपाली कांग्रेसले जिल्लाको दुल्लु नगरपालिकामा प्रमुख, चामुण्डा बिन्द्रासैनि नगरपालिकामा प्रमुख÷उप प्रमुख, भैरवी गाउपालिकामा अध्यक्ष÷उपाध्यक्ष, महावू गाउपालिकामा अध्यक्ष÷उपाध्यक्ष जितेको छ भने ठाटिकाँध गाउपालिकामा अध्यक्ष र भगवतीमाई गाउपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

यस्तै नेकपा एमालेले जिल्लाको आठबिस नगरपालिकामा प्रमुख÷उप प्रमुख, नारायण नगरपालिकामा प्रमुख÷उप प्रमुख, गूराँस गाउपालिकामा अध्यक्ष÷उपाध्यक्ष, डुङ्गेश्वर गाँउपालिकामा अध्यक्ष÷उपाध्यक्ष, दुल्लु नगरपालिकामा उपप्रमुख र ठाटिकाँध गाँउपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउपालिका र भगवतीमाई गाउपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीले जिल्लाको नौमुले गाँउपालीकामा मात्रै उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

जिल्लाका सबै पालिकाको मतगणना सकिएसंगै सार्वजनीक मतपरिणम अनुसार

दैलेखको आठबिस नगरपालिकाको प्रमुख÷उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । नगर प्रमुखमा नेकपा एमालेका तर्क बहादूर बडुवाल ५ हजार ३ सय २७ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उप प्रमुखमा पनि नेकपा एमालेका कल्पना थापा ५ हजार १ सय १३ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ ।


आठबिस नगरपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१ बमबहादुर रावत (नेकपा एमाले)
२ कलम कामी (नेकपा एमाले)
३ नगेन्द्रराज कार्की (नेपाली काँग्रेस)
४ टेकबहादुर माझी (नेकपा एमाले)
५ बजिरसिंह विक (नेपाली काँग्रेस)
६ नवराज शर्मा (नेकपा एमाले)
७ जैसिंह कठायत (नेपाली काँग्रेस)
८ अदल शाही (नेकपा एमाले)
९ शेर बहादुर सिजापती (नेपाली काँग्रेस)

दुल्लु नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका भरतप्रसाद रिजाल ७ हजार ७ सय २५ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उपप्रमुखमा भने नेकपा एमालेकी विना कार्की ७ हजार १ सय ६० मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


दुल्लु नगरपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–तर्कबहादुर खड्का (नेकपा एमाले)
२–फारमसिंह थापा (नेकपा माओवादी केन्द्र)
३–कुलबहादुर कार्की (नेकपा माओवादी केन्द्र)
४–भ्रम बहादुर भण्डारी (नेपाली काँग्रेस)
५–पुर्ण प्रसाद उपाध्याय (नेकपा एमाले)
६–हस्तबहादुर खड्का (नेकपा माओवादी केन्द्र)
७–कबीराज रावत (नेकपा एमाले)
८–शुशिलकुमार भण्डारी (नेकपा एमाले)
९– तिलक प्रसाद उपाध्याय (नेकपा एमाले)
१०–दिपेन्द्रकुमार पुरी (नेपाली काँग्रेस)
११–सुरेन्द्र जङ्ग भण्डारी (नेपाली काँग्रेस)
१२–लिलाराम लम्साल (नेपाली काँग्रेस)
१३– बिर्खबहादुर शाही (नेकपा एमाले)

नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा बिजयी हुनुभएको छ भने उप प्रमुखमा नेकपा एमालेका तप्ता कुमारी खड्का (थापा) ५ हजार ६ सय ७३ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


नारायण नगरपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–सन्देश कुमार श्रेष्ठ (नेपाली काँग्रेस)
२–रेशमबहादुर थापा (नेकपा एमाले)
३–चन्द्रप्रसाद उपाध्याय (नेकपा एमाले)
४–चन्द्रबहादुर कटुवाल (नेपाली काँग्रेस)
५–ऐमान सिंह थापा (नेकपा एमाले)
६–जनकप्रसाद न्यौपाने (नेकपा एमाले)
७–खड्गबहादुर शाही (नेकपा एमाले)
८–गोपालकुमा बिसी (नेकपा एमाले)
९–महेन्द्र विक्रम खड्का (नेपाली काँग्रेस)
१०–लालबहादुर बस्नेत (नेकपा एमाले)
११– दिर्घबहादुर मल्ल (नेपाली काँग्रेस)

ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्ष बहादूर शाह २ हजार ५७१ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा उपाध्यक्षमा नेकपा एमालेका देविराम बडुवाल २ हजार ६ सय ९५ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


ठाटिकाँध गाउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–चक्र कामी (नेपाली काँग्रेस)
२–प्रेम बहादुर मगर (नेकपा एमाले)
३–भरत बहादुर बम (नेपाली काँग्रेस)
४–केहेर सिंह कठायत (नेपाली काँग्रेस)
५–लालबहादुर शाही (नेकपा एमाले)
६–जोरासिंह रोकाय क्षेत्री (नेपाली काँग्रेस)

भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादूर थापा २ हजार ८ सय ४६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसकी मिनाकुमारी खड्का २ हजार ६ सय ८३ मत प्राप्त गद विजयी हुनुभएको छ ।


भगवतीमाई गाउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–इन्द्रबहादुर थापा (नेकपा एकीकृत समाजवादी)
२–दिपक रावत (नेकपा एकिकृत समाजबादी)
३–मानबहादुर खड्का (नेपाली काँग्रेस)
४–देवलोक अधिकारी (नेपाली काँग्रेस)
५–कृष्णबहादुर शाही (नेकपा एकिकृत समाजबादी)
६–गणेशप्रसाद शर्मा (नेपाली काँग्रेस)
७–पूर्णबहादुर थापा (नेपाली काँग्रेस)

चामुण्डाबिन्द्रासैनि नगरपालिकाको प्रमुखमा नेपालि कांग्रेसका गणेश बहादूर शाही ४ हजार ७० मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उप प्रमुखमा नेपालि कांग्रेसकै मनसरा कुमारी शर्मा ४ हजार ३८ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


चामुण्डाबिन्द्रासैनि नगरपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–उदे कामी (नेपाल मजदुर किसान पार्टी)
२–थानेश्वर जैसी (नेकपा एमाले)
३–दिप बहादुर शाही (नेपाल मजदुर किसान पार्टी)
४–भक्त बहादुर शाही (नेपाली काँग्रेस)
५–हस्त प्रसाद शर्मा (नेकपा एमाले)
६–बलिराम खड्का (नेपाली काँग्रेस)
७–इन्द्रप्रसाद चौलागाई (नेपाल मजदुर किसान पार्टी)
८–रत्नबहादुर शाही (नेपाली काँग्रेस)
९–प्रेमबहादुर रावल (नेकपा एमाले)

भैरबी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रिता शाही ३ हजार ९ सय ७६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपालि कांग्रेसकै देवी भण्डारी ३ हजार ३ सय ७४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।


भैरवी गाँउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–डम्बर बहादुर कार्की (नेकपा एमाले)
२–मिनबहादुर थापा (नेपाली काँग्रेस)
३–भक्तिप्रसाद उपाध्याय (नेपाली काँग्रेस)
४–चक्रप्रसाद शर्मा (स्वतन्त्र)
५–रत्नबहादुर थापा (नेकपा एमाले)
६–तुलबहादुर हमाल (नेकपा एमाले)
७–छविराम आचार्य (नेकपा एमाले)

डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३ हजार ४ सय ६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने ३ हजार ५ सय ७७ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


डुङ्गेश्वर गाँउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–श्यामबहादुर राना (नेकपा माओवादी केन्द्र)
२–यामबहादुर विस्ट (नेपाली काँग्रेस)
३–कृष्णबहादुर खत्री (नेकपा एमाले)
४–नगेन्द्रबहादुर बुढा (नेकपा एमाले)
५–पर्वलाल शर्मा (नेकपा एमाले)
६–मानबहादुर थापा मगर (नेकपा एमाले)

गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टोपबहादुर बिसी ४ हजार ६ सय ८१ मत सहित बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेका शिवाकुमारी खड्का ४ हजार ६ सय ९८ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


गुराँस गाँउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–धर्मबहादुर रावल (नेपाली काँग्रेस)
२–शेरबहादुर रावल (नेपाली काँग्रेस)
३–काशिराम शर्मा (नेकपा एमाले)
४–खड्गबहादुर शाही (नेकपा एमाले)
५–भुपेन्द्रबहादुर चन्द (नेकपा एमाले)
६–चन्द्रबहादुर राना (नेकपा एमाले)
७–नन्दबहादुर बिसी (नेकपा एमाले)
८–दिपेन्द्र ओली (नेकपा एमाले)

नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी ३ हजार २ सय मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा एकीकृत समाजवादीका गगनबहादुर शाही २ हजार ८ सय ३४ मत प्राप्त विजयी हुनुभएको छ ।


नौमुले गाँउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–रुपेश थापामगर (नेपाली काँग्रेस)
२–दुर्गप्रसाद शर्मा (नेपाली काँग्रेस)
३–नरबहादुर पुरी (नेकपा एमाले)
४–चन्द्रलाल बस्नेत (नेपाली काँग्रेस)
५–कृष्ण बहादुर सलामी (नेकपा एकीकृत समाजवादी)
६–लालबहादुर चन्द (नेपाली काँग्रेस)
७–टेकबहादुर सिजाली मगर (नेपाली काँग्रेस)
८–दिपकबहादुर हमाल (नेकपा एकीकृत समाजवादी)

महावू गाउपालिकाको अध्यक्षमा नेपालि कांग्रेसका लक्ष्मण गूरुङ्ग २ हजार ९ सय ७९ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मञ्जू कुमारी शर्मा ३ हजार १ सय ५५ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।


महाबू गाँउपालिकाका वडा अध्यक्षहरुको नामावली यसप्रकार छ ।
१–सर्वराज सार्की (नेकपा एमाले)
२–प्रकाशराज थापा (नेपाली काँग्रेस)
३–कृष्ण कुमार दाहाल (नेपाली काँग्रेस)
४–रामबहादुर शाही (नेपाली काँग्रेस)
५–दिपबहादुर शाही (नेकपा माओवादी केन्द्र)
६–रेशमबहादुर थापामगर (नेकपा माओवादी केन्द्र)

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा दैलेखमा जिल्लाभर कुल एक लाख ५८ हजार ४ सय ८९ जना मतदाता मध्ये एक लाख १० हजार ८ सय २५ मत अर्थात (७० प्रतिशत) मत खसेको थियो ।

Next Post

भैरवी गाउँपालिका अध्यक्षको कार्यकक्षमा तमसुक

५ जेष्ठ २०७९, बिहीबार ०९:२२
दैलेख । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता शाहीको कार्यकक्षमा नागरिकले जनकरार पत्र (तमसुक) राखेका छन्। स्थानीय तह निर्वाचन अघि त्यहाँका सचेत नागरिकले उम्मेदवारहरूलाई गराएको जनकरार पत्र अर्थात्त (तमसुक) गाउँपालिका अध्यक्ष शाहीको कार्य कक्षमा राखेका हुन्। स्थानीय तहमा गरिने विभिन्न विकासे कामहरू पारदर्शी तरिकाले गर्ने जनकरार पत्रमा उल्लेख गरिए अनुसार काम […]

सम्बन्धित समाचार