प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि ।

कर्णाली दृष्टि संवाददाता ५ कार्तिक २०७७, बुधबार २०:०९

धनगढी । हत्या गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि गरिएको छ ।

साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।

प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको भने आइतबार बिहानै शव भेटिएको थियो ।

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ ।

उनीहरु मध्ये ७ जनाले अपराध स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो भने १ जनालाई बुधबार पक्राउ गरिएको छ ।, केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

Next Post

सोसल मिडियालाई खुब सदुपयोग गरौँ तर साईबर अपराधमा नफसौँ : भिम उपाध्याय

५ कार्तिक २०७७, बुधबार २०:०९
काठमाडौं ।  भिम उपाध्याय लेख्छ्न “मेरो नाममा फेक आईडीहरू खोल्दै फोटोशप गरेर, त्यसको स्क्रिनशट गरेर पटक पटक पोष्ट गरी समाजमा विद्वेष फैलाउने, जातजातिबीच द्वन्द चर्काउने, सीधै गालिगलौच गर्ने र आपराधिक मनसायका शब्द र आतंककारी शैलीमा लेख्ने गरेको पनि पाईएको छ। यसो गरिनु प्रष्ट रूपमा साईबर अपराध हुन्छ। आज एउटा यस्तै […]