अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

कर्णालीदृष्टी संवाददाता १३ मंसिर २०७८, सोमबार १६:३८

अछाम – अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बयलपाटा अस्पतालमा आज सोमवार बिहान छोरी जन्माएकी २० वर्षीया सम्झना विकलाई अत्यधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

उपचारमा संलग्न डाक्टर दिल शाहीले निकै कोसिस गर्दा पनि रगत बग्न नरोकिएपछि अन्यत्रै रेफर गरिएको बताउनुभयो । सुत्केरीलाई कोहलपुर मेडिकल कलेज लगिएको हो ।

Next Post

३ महिने सिलाईकटाई तालीमको उद्घाटन

१३ मंसिर २०७८, सोमबार १६:३८
दैलेख । उद्योग तथा हित संरक्षण कार्यालय दैलेखको आयोजना तथा पुर्व प्रहरी संगठन दैलेखको समन्वयमा ३ महिने सिलाई कटाई तालीमको आज (सोमबार) दैलेखमा उद्घाटन गरिएको छ । उद्योग तथा हित संरक्षण कार्यालय प्रमुख कल्पना खत्रीको बिशेष सहयोगमा सूरु भएको ३ महिने तालीमको आज (सोमबार) सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी नारायण […]