दैलेखमा काँग्रेस अधिवेशन: नयाँ नेतृत्वका लागी मतदान सम्पन्न

आजै साझ देखी मतगणनाको काम सूरु गरीने

कर्णालीदृष्टी संवाददाता ११ मंसिर २०७८, शनिबार १८:४२

दैलेख । नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्र्तरगत दैलेखमा आज (शनीबार) मतदान प्रक्रिया सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा कुल १ हजार ५ सय ९४ मध्ये १ हजार ५ सय ५९ मत खसेको जिल्ला निर्वाचन अधिकृत बिवस बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न भै मतगणना कार्य सूरु हुदा सम्मका लागि मतपेटी सुरक्षित गरि सकिएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन अधिकृत बस्नेतका अनुसार नया नेतृत्वका लागी चुनावी मैदानमा होमीएका दुईवटै प्यानलका उम्मेदवारहरुबीच छलफल गरी आजै साझ देखी मतगणनाको काम सूरु गरीनेछ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिती दैलेखको नया जिल्ला कार्यसमिती चयनका लागी जिल्लामा सस्थापन (देउवा) र सस्थापनईतर (पौडेल) प्यानलबाट उम्मेद्धारहरु चुनावी मैदानमा उत्रिएका छन । संस्थापन (शेर बहादुर देउवा) समुहबाट दुल्लु नगरपालीकाका नगर प्रमुख समेत रहेका युवा नेता घनश्याम भण्डारीको सभापतिमा उम्मेद्धारी रहेको छ ।

भण्डारीको प्यानलबाट उपसभापतिमा बखत बहादुर कटुवाल र गणेश कुमार शाही, सचिवमा रत्न बहादुर शाही र हेम शंकर शर्मा अधिकारीको उम्मेदवारी रहेको छ । यस्तै, भण्डारीको प्यानलबाट सह–सचिवमा धिरेन्द्र सापकोटा र ईश्वर कुमार थापा उम्मेदवार रहेका छन् ।

यता सस्थापनईतर (रामचन्द्र पौडेल) प्यानलबाट नेता मणीराम रेग्मीको जिल्ला सभापतिको उम्मेद्धारी रहेको छ । रेग्मीको प्यानलबाट उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी उम्मेदवार छन् भने सहसचिवमा महेन्द्र बहादुर शाही (चट्टान) र कनक बहादुर सेनको उम्मेदवारी रहेको छ ।

जिल्ला कार्यसमितीको अन्य सदस्य पदका लागि पनि दुई वटै प्यानलबाट बिभीन्न व्यक्तीहरुको उम्मेदवारी दर्ता भएको छ । निर्वाचनमा होमीएका दुवै समुहका नेता तथा कार्यकर्ताहरुले चुनावको परिणाम आ–आफ्नै पक्षमा आउने दावी गर्दै आएका छन ।

Next Post

गोठपाडा कृषक सहकारी सस्थाकोे १५ औ बार्षीक साधारण सभा सम्पन्न

११ मंसिर २०७८, शनिबार १८:४२
दैलेख । गोठपाडा कृषक सहकारी सस्था लिमीटेड दैलेखको १५ औ बार्षीक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार दैलेख सदरमुकाममा आयोजित साधारण सभामा सहकारीले बार्षीक प्रतिबेदन प्रस्तुत गर्दै यो बर्ष कुल १४ करोड ९१ लाख ३६ हजार ५ सय ८८ रुपैयाको कारोवार गरेको जानकारी गराईएको छ । सहकारीले बचत निक्षेपतर्फ […]