दैलेख । दुल्लु आयुर्वेद औषधालयमा कार्यरथ कार्यलय सहायक सुरत बहादुर शाहीको बिधाइ कार्यक्रम सम्पन्न भएको छ । ३४ बर्ष सरकारी सेवामा काम गर्दै आएका साही दुल्लु नगरपालिका वर्डा नं. १० सातखम्बका स्थायी बासिन्दा हुन ।
उनी उमेर हदका कारण सेवा निर्बिष्त साहिको दुल्लु नगरपालिकाले बिधाइ गरेको छ , २०६० साल देखि शाही औषधालयमा सेवारथ थिए।
उक्त शाहिको बधाईमा नगर प्रमुख घनश्याम भण्डारीले करुवा, उपप्रमुख बिष्णु थापाले मायाको चिनो, र प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले प्रसंशा पत्र र आयुर्बेद औषधालयका प्रमुख जनक थापाले दोसल्ला ओडाएर बिधाइ गरेका छन् । नगरप्रमुख भण्डारीले सार्बजनिक पदमा बस्नु पुर्ब र पछि एउटै ब्याबहार गर्न सबै कर्मचारी लाई अनुरोध गर्दै समाजपर्ती अझै जिम्मेवर हुन अनुरोध गर्दै, दशैले सबैको भलो गरोस यो संकटको सामना गर्ने शक्ति प्रदान गरुन् भन्दै बिजया दशमिको शुभकामना दिनुभएको छ ।


