आउँदो हप्ता हिउँदे वर्षाको सम्भावना, यसपालि औसतभन्दा कम पानी पर्ने प्रक्षेपण

कर्णालीदृष्टी संवाददाता ९ पुष २०७८, शुक्रबार ०७:२०

काठमाण्डाै – अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ ।

लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो।

आउँदो सोमवार मङ्गलवारदेखि  बादल लाग्ने अनुमान गरिएको छ । यस विषयमा मौसम पूर्वानुमान  महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ ।  पानी परे पछि देशभर चिसो अझ बढ्ने छ ।

यस्तै, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा  यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको हो  । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएकाे छ । यस्तै, कम पानी पर्दा हिउँदे कृषि बालीमा समेत असर पर्न सक्छ ।

विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो ।

Next Post

सेना र दैलेखको इतिहाससँग जोडिएको तोप ५० वर्षपछि पुनःस्थापना गर्ने तयारी

९ पुष २०७८, शुक्रबार ०७:२०
दैलेख । २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत पुर्याईयो । सेना र दैलेखको इतिहाससँग जोडिएका तोप ५० वर्षपछि दैलेखमा पुनःस्थापना गर्न लागिएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाउने अन्तिम […]

सम्बन्धित समाचार