दैलेखमा मादक पदार्थ विक्री वितरण र सेवनमा रोक

कर्णालीदृष्टी संवाददाता २५ बैशाख २०७९, आईतवार १९:०२

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले स्थानिय तह निर्वाचन २०७९ लाई लक्षीत गर्दै जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्नमा रोक लगाएको छ ।

कार्यालयले आज एक एक सूचना जारी गर्दै बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न गराउन रोक लगाएको जनाएको छ ।

यहि बैशाख बैशाख २७ गते राती १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न गराउन रोक लगाएको प्रमुख जिल्ला हरि प्याकुरेलद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा उल्लेख भए अनुसारका विपरित कुनै पनि गतिविधि भए वा गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Next Post

दैलेख नौमुलेको अध्यक्षमा माओवादीका सुवेदी विजयी

२५ बैशाख २०७९, आईतवार १९:०२
दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन । माओवादी केन्द्रका उम्मेदवार सुवेदी निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन । सुवेदीले ३ हजार २०० मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५४४ मत प्राप्त गरे […]

सम्बन्धित समाचार