कस्तुरीको बिनासहित जाजरकोटमा एक जना पक्राउ

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार ०७:१२

जाजरकोट । जिल्ला प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले डोल्पा जिल्लासँग सीमा जोडिएको नलगाड नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय डिल्ली बहादुर ध्यारलाई वन्यजन्तु कस्तुरीको बिना साथमा लिई हिँडिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका –११ चौखा बजारमा उनलाई शनिबार पक्राउ गरेको थियो ।

पक्राउ परेका डिल्ली बहादुर ध्यारको शरीर खानतलासी गर्दा हल्का गिलो कालो रंगको डल्लोको टुप्पोमा खैरो सेतो कपाल (रौं) भएको छालासहित तौल गर्दा ३० ग्राम भएको वन्यजन्तु कस्तुरीको बिना बरामद गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको प्रहरीले जनाएको छ ।

राज्यले वन्यजन्तु संरक्षणतर्फ कुनै चासो नदिएपछि जाजरकोट, डोल्पा, जुम्ला लगायतका जिल्लाबाट लोपोन्मुख वन्यजन्तु कस्तुरी, भालु, रेडपाण्डा लगायत आखेटोपहारहरू चोरी सिकारी बढेको छ ।

Next Post

स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु

३ माघ २०७८, सोमबार ०७:१२
दैलेख । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, […]

सम्बन्धित समाचार