प्रेस चौतारी नेपाल दैलेखको छैटो अधिबेशन सम्पन्न

कर्णालीदृष्टी संवाददाता ४ माघ २०७८, मंगलवार ०७:०९

दैलेख । प्रेस चौतारी नेपाल दैलेखको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार दैलेख सदरमुकाममा सम्पन्न अधिबेशनबाट पूरुसोत्तम थापा (पुस्कर) को अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ ।

छैटौ जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा सर्वसहमत नयाँ नेतृत्व चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा हिक्मत बहादुर नेपाली, महिला उपाध्यक्षमा पानसरा सिंह,सचिवमा उदयराज अधिकारी, सह–सचिवमा यामराज विष्ट, समाबेशी सह–सचिवमा धर्मरत्न थापा मगर र कोषाध्यक्षमा सिता शाहीलाई चयन गरीएको छ ।

यस्तै सदस्यहरुमा विजय शर्मा, निरुता कटुवाल, खगेन्द्र खड्का, हिमेन्द्र विक, पुजा भण्डारी, पवित्रा थापा मगर, सुरेन्द्रजंग शाही, हिमाल खत्री र लक्ष्मी शर्मा चयन भएका छन ।

अधिबेशनको नारायण नगरपालीका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै नगरप्रमुख खड्काले बिचार संगठन र व्यवहारमा प्रेस चौतारी अग्रपंक्तीमा रहेनेछ भन्ने अपेक्षा गर्दै सक्षम नेतृत्व चयन र सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

कार्यक्रममा निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई सोमबार साझ नै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सह ईन्चार्ज बिष्णु शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

अधिवेशनमा प्रेस चौतारी दैलेखका संस्थापक सदस्य जनक न्यौपाने, केन्द्रीय सदस्य गोबिन्ददेव भारती र संस्थापक सदस्य मिरा स्वर्णकार लगाएतले नव निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

Next Post

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको ज्यान गयो

४ माघ २०७८, मंगलवार ०७:०९
हुम्ला – जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको ज्यान गएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको अस्ति ७ र नवजात शिशुको गएको बुधवार ज्यान गएको हो  । अस्पतालका अनुसार उहाँको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले […]

सम्बन्धित समाचार