नेपालको जनसङ्ख्या २ करोड ९१ लाख : वृद्धिदर घट्याे, मधेस प्रदेशमा जनसङ्ख्या धेरै

कर्णालीदृष्टी संवाददाता १२ माघ २०७८, बुधबार १४:१५

काठमाण्डाै – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो ।

नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।

प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो ।

यस्तै १० वर्षअघिको जनगणनाअनुसार घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ ।

विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।

Next Post

राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी ।।

१२ माघ २०७८, बुधबार १४:१५
सुर्खेत – राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् । गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी हुनुभएको हो । गुरुङले तीन […]