दैलेख । कर्मचारीलाई अभद्र व्यवहार गरेको कसूरमा दैलेख प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । माघ १३ गते दुल्लु नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्ना कुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहका अनूसार बिहिवार विहान ११ बजेको समयमा वडा सचिव गिरीले कामकाज गरिरहेको अवस्थामा ३६ बर्षीय प्रेम बहादुर भण्डारी लगाएतका दश जना ब्यक्तिहरुले वडा सचिव गिरी र सामाजिक परिचालक न्यौपानेलाई अभद्र व्यवहार गरी कालो मोसो दल्न खोज्ने लगायतका गैरकानुनी कार्य गर्न खोजेकोले उनिहरुलाई पक्राउ गरिएको बताईएको छ ।
पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ का २५ बर्षीय नगेन्द्र भण्डारी, २६ बर्षीय हरीष कुमार भण्डारी, ५० बर्षीय कृष्ण भण्डारी , २५ बर्षीय ईश्वर भण्डारी, १९ बर्षीय हिमाल भण्डारी छन् ।
उनिहरुलाई जिल्ला प्रशासन कार्यालय दैलेखबाट ७ दिनका म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान थालेको डीएसपी साहले बताउनुभयो ।
घटनामा संलग्न एक बालकलाई समेत पक्राउ गरिएको छ । उनलाई दैलेख जिल्ला अदातलको बाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कर्मचारीलाई अभद्र व्यवहार गर्ने प्रेम बहादुर भण्डारी लगाएत भने फरार छन् । उनिविरुद्ध पक्राउ पुर्जी जारी भई खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।