नेकपाको प्रचण्ड-नेपाल समूहले आज काठमाडौमा विरोध प्रदर्शन गर्ने

चक्र प्रसाद पोख्रेल ९ माघ २०७७, शुक्रबार ०९:५८

काठमाडौ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौमा विरोध प्रदर्शन गर्ने भएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाडौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।

 

Next Post

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट,१६ जना पक्राउ

९ माघ २०७७, शुक्रबार ०९:५८
काठमाडौं :काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ […]