कर्मचारीमा कोरोना संक्रमण भएपछि वाणिज्य बैंक दैलेख शाखा बन्द

कर्णालीदृष्टी संवाददाता १५ माघ २०७८, शनिबार ०७:३३

दैलेख । राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको सेवा एक साताका लागि बन्द गरिएको छ ।

बैंकमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

बैंकले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकबाट प्रदान गरिने सेवा (शुक्रबार) देखि एक सातासम्मका लागि बन्द रहने उल्लेख छ ।

Next Post

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

१५ माघ २०७८, शनिबार ०७:३३
काठमाण्डाै – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् ।  खरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ ।  २०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक […]