आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

कर्णालीदृष्टी संवाददाता १५ माघ २०७८, शनिबार ०७:३७

काठमाण्डाै – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् ।  खरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ ।

मनाङले आहा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ ।  २०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन ।

सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो । विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Next Post

जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुदा २७ जनाको मृत्यू

१५ माघ २०७८, शनिबार ०७:३७
जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको मृत्यू भएको छ । सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यू भएकोअन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको […]