कर्णालीका नौ जिल्लामा कोरोनाविरुद्धको मोर्डना खोप लगाउन शुरू

कर्णालीदृष्टी संवाददाता ४ पुष २०७८, आईतवार १७:५३

सुर्खेत । कर्णाली प्रदेशका सुर्खेतबाहेक अन्य नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो ।

निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिनुभयो ।

साविकका गाविसमा नौ वटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको उहाले बताउनुभयो ।

स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ, विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घण्टाभित्र लगाइसक्नुपर्नेछ । कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरस विरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ ।

Next Post

कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यको मतगणना सकियो (मत परिणामसहित)

४ पुष २०७८, आईतवार १७:५३
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालासहित ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै टिममा परेका शशांकले सर्वाधिक ३८३६ मत प्राप्त गर्नुभएको छ । यस्तै २९३७ […]