दैलेख । जिल्लाको महाबु गाउँपालिकाले कोरोनानाट मृत्यु हुने परिवारलाई सहयोग स्वरुप नगद रु. ५०००० हजार दिने निर्णय गरेको छ ।
गाउँपालिका अन्तर्गत कोरोना भाईरस कोभिड-१९ बाट मृत्यु हुने परिवारलाई गाउँपालिकाले (पचास हजार) नगद दिने निर्णय गरेको हो, प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दै गर्दा कोभिड बाट ज्यान गुमाएका महाबु गाउँपालिका गाउँकार्यपालिका सदस्य एवम् वडा नं. २ का वडा सदस्य, इन्द्र बहादुर सुनारको निधन भएको थियो।
सोही गाउँपालिका वडा नं. १ खरिगैरा निवासि जस्मादेवी शाहिको पनि कोरना भाईरसको संक्रमणबाट मृत्यु भएपछि बुधबार महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहि दुबै मृतक परिवारका घरमै पुगेर सहयोग स्वरुप रु. ५००००/पचास हजार परिवारलाई हस्तान्तरण गराएका छन् ।


